१. पृष्ठभूमि
गाउँघरमा हराएका नानीहरू आऊ अब
आँसी छोप्ने हातहरूले कापी कलम समाऊ अब
निकै ढिला भै सक्यो पुग्नु छ धेरै टाढा
चेतना को दियो बाली कुरीतिलाई हटाऊ अब ।’
२१ औं शताब्दीको दुई दशक वित्नै लाग्दाको यो समयमा पनि भौगोलिक रुपमा पिछडिएको दूर समाजका हाम्रा गाउँ वस्तीहरूमा लालुपाते र मखमली झैं फुल्नै आँटेका हाम्रा नानीहरू विद्यालयको पहुँच र शिक्षाको अवासरबाट बञ्चित हुन पुगी पढ्ने, लेख्ने, र आफ्नो भविष्य निर्माणको मैनबत्ती सल्काउने कलिलो उमेरमा पनि आँसी, कुटो, कोदालो बोकेर आफ्नो पूवर्जहरूले निरन्तरता दिदै आएको सामान्य तर कष्टकर जीवनशैली गुजार्नको लागि मेलापात धाउदै गरेको प्रतिविम्बका झलकहरू माथिका यी हरफहरूले दिने गर्छन् । तुलनात्मक रुपले सम्पन्न र अलिक उच्च वा मध्यमवर्ग बस्ने सहरीया परिवेशमा यो कुरा हुबहु नमिल्ला तथापि भेगीय वा क्षेत्रीय रुपमा उत्पीडनमा परेका, सामाजिक–सांस्कृतिक रुपले विभेदमा परेका, लैंगिक र वर्गीय रुपले थिचोमिचोमा परेका, दूर दराज र कुना कन्दराका वस्तीहरूमा अझै पनि चेतनाको अभिवृद्धि हुन सकेको छैन र मानवीय जीवनस्तर निकै पछि नै छ । मानव विकास तथा समाज विकास सूचाङ्कका ग्राफहरू उकालो लगाउने प्रमुख माध्यम वा अस्त्र भनेकै शैक्षिक विकास हो । हाम्रा शैक्षिक संस्थाहरू अझैसम्म पनि यथोचित नहुनु, भएका जति पनि पुरानै ढर्रा (शैली) बाट संचालन रहनु, अझै पनि थुप्रै बालबालिकाहरू शिक्षाको मुल प्रवाहबाट टाढा रहनु आदि हाम्रा समस्याहरू हुन् । विकास आकस्मिक रुपमा नहुने र यो क्रमिक रुपमा चल्ने प्रक्रिया भएकोले हाम्रा तमाम समस्या र अभावहरूलाई छिचोल्दै, समस्याको निकारण गर्ने, अनि लक्षित वर्गसम्म सेवा विस्तार गर्ने उद्देश्य अनुरुप अगाडि बढ्दै जानु र गतिशील बन्दै जानु हामी सबैको दायित्य र आजको आवश्यकता पनि हो । तसर्थ, संसारले विकासको सगरमाथा चुमी सक्दा पनि हामी निकै पछि पर्नु दुःखद हो । अतः हाम्रा चेतना, जीवनस्तर र जीवन पद्धतिलाई विकास गर्न गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षा तथा समय सापेक्ष शिक्षा अनिवार्य सर्त हो । यही अनिवार्यता पूर्तिगर्नका लागि विद्यालय एक साधन बन्न सक्छ ।
नमूना आफैमा अनुुकरणीय शब्द हो, जसको पर्याय विकासको उच्चतम भन्ने हुन्छ । संसारले शिक्षा ज्ञान तथा प्रविधिको विकासले काँचुली फेरी सक्दा पनि अस्थिरता र संक्रमणले आक्रान्त हाम्रा विद्यालयहरूले भौतिक, शैक्षिक, प्राज्ञिक तथा प्राविधिक पक्षमा सुधार गरी त्यस क्षेत्र आसपासका अन्य विद्यालयहरूले त्यसका सवल पक्षहरूलाई अनुसरण गरी शैक्षिक गुणस्तरता तथा सामुदायिक चेतनामा उच्चतम अभिवृद्धि गर्न टेवा मिलोस भन्ने हेतुका साथ शैक्षिक विकासमा नमूना विद्यालयको आवधारणा ल्याइएको पाइन्छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको निम्ति विद्यालयको भौतिक अवस्था, वातावरणीय अवस्था, प्राविधिक अवस्थाहरू पनि युगसापेक्ष प्रविधिमैत्री, वतावरणमैत्री हुनु आवश्यक छ । नेपालको शिक्षाको विकासको लागि पूर्व संचालित विद्यालय क्षेत्र सुधार योजना वि.सं. २०६६ –२०७२ को अनुभव, विद्याल क्षेत्र विकास योजना वि.सं. २०७३–२०८०) को नीति निर्देश एवं नेपालको संविधान २०७२ को अवधारणा अनुरुप राज्यको पुनंसंचना अनुसार गठन भएका स्थानीय तहका शैक्षिक योजना बमोजिम शिक्षामा आधुनिकीकरण गर्ने उद्देश्यका साथ हाम्रा शैक्षिक तथा सामुदायिक कार्यक्रमहरु तय गरिएका छन । तसर्थ शैक्षिक सुधारको निम्ति तय गरिएका शैक्षणिक योजनाको मूल हेतु भनेकै शैक्षिक गुणस्तर र मानक सुधारका लागि राम्रो विद्यालय, राम्रो शिक्षण, राम्रो सिकाइ ९द्यभततभच कअजयय,ि द्यभततभच तभबअजष्लन, द्यभततभच ीभबचलष्लन ० को सुनिश्चितता प्रदान गर्नु नै हो । उल्लेखित योजनालाई कार्यान्वयन गरी लक्ष्य अनुसार प्रतिफल प्राप्त गर्न सकियो भने विद्यालयको सामुदायिक दायित्व सवल हुने छ ।
२. विद्यालयको परिचय
२.१ ऐतिहासिक पृष्ठभूमि
वि.सं. २०१८ सालमा सााविकको राप्ती अंचलका दुई वटा जिल्लाहरू प्यूठान र सल्यानबाट भौगोलिक सीमा हेरफेर गरी वर्तमान रोल्पा जिल्लाको पुनर्र्सिमांकन गरिए पश्चात सो को सदरमुकाम लिवाङमा समग्र रोल्पाको शैक्षिक विकासको विगुल फुक्ने मूलमन्त्र संगै वि.सं २०२३ साल कार्तिक महिनाको २२ गतेका दिन यस विद्यालयको विधिवत स्थापना (उद्घाटन) भएको थियो । विद्यालय उद्घाटनको त्यस समयमा विद्यालय संचालनका लागि आवश्यक शैक्षिक कार्यहरू तथा प्रशासनिक कार्यहरू संचालन गर्न आवश्यक भूमि (जग्गा) तथा भवन विद्यालयको आफ्नै स्वामित्वमा थिएन । यसका लागि रोल्पा लिवाङ निवासी समाजसेवी श्री सुदर्शन शर्माबाट तत्कालीन समयमा रु. ६,०००। मूल्य पर्ने हालको मूल्य प्रणाली अनुसार करिव ३० लाख पर्ने घर र जग्गा साविकको लिवाङ–५ पीपलचौतारामा विद्यालयलाई दान गर्नुभएको थियो । वि.सं. २०२६ सम्म त्यसै भवन र जग्गामा यस विद्यालयका प्रारम्भिक कार्यक्रमहरू संचालन भएका थिए ।
उक्त समयमा रोल्पा जिल्लामै एक मात्र विद्यालयको रुपमा यस विद्यालय रहेको र आम रोल्पाली जनताहरूको शैक्षिक जागरणको विकास गर्ने तथा आफ्ना छोराछोरी वा नानीहरूको सुदुर भविष्यको सुन्दर सपना देखेर शिक्षा तर्फको तीव्र आकर्षणको कारण दान स्वरुप प्राप्त गरेको उक्त घर र जग्गाले विद्यार्थीको चापलाई थेग्न सकेन । तसर्थ तत्कालीन राष्ट्रिय पंचायत सदस्य माननीय वालाराम घर्तीमगरको पहल तथा स्थानीय समाजसेवीहरू खडानन्द सुवेदी र चिन्तामणि आचार्यको सक्रियतामा तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट अनुदान स्वरुप प्राप्त भएको रु. ७५,००० प्रयोग गरी हालको रोल्पा नगरपालिका वडा नं. २ थलिवाङ स्थित स्थानीय नन्द कुमार आचार्य र चिन्तामणि आचार्यको जग्गा खरिद गरी वि.सं. २०२५ सालमा विद्यालयको भवन निर्माणको सुरु गरिएको थियो । जुन कार्यको लागि रोल्पाका लिवाङ, गजुल, मिझिङ, खुमेलका जनताहरूले निःशुल्क जनश्रमदान गरी शैक्षिक विकासको निम्ति आफ्नो पसिना खर्चदै ऐक्यवद्धता जनाएका थिए । प्रारम्भिक समयमा प्राथमिक विद्यालयको कक्षा सच्ाांलन भएको र त्यसै नामले चिनिएको यो विद्यालय रोल्पा जिल्लाको सदरमुकाम स्थित लिवाङमा संचालन भएकोले सबैको सकारात्मक नजर र सहयोग रही आयो । आम बालबालिकाहरूको सुन्दर भविष्यको बलियो शैक्षिक जग बसाइ उनीहरूको समग्र जीवनको उन्नति वा कल्याण गर्ने भएको कारण दर्शाइ सबै सरोकार वालाहरूको सुझावका आधारमा यस विद्यालयको नाम श्री बाल कल्याण प्राथमिक विद्यालय, लिवाङ रोल्पा तय गरी न्वारण समेत गरियो ।
विद्यालय संचालनको लागि तत्कालीन समयमा वि.सं. २०२३ देखि २०३२ सम्म शिक्षकहरूको तलवभत्ता भनेर श्री ५ को सरकारबाट वार्षिक रु. ५४०० एक मुष्ट अनुदान स्वरुप आउथ्यो । वि.सं. २०३४ देखि २०४८ सम्म शिक्षक तलवभत्ताको ७५ प्रतिशत श्री ५ को सरकारले र बाँकी २५ प्रतिशत स्थानीय स्रोत साधनबाट व्यहोर्नु पथ्र्याे । नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना, पंचायत, तत्कालीन सरकारले शैक्षिक नीति परिवर्तन र सुधार गरी कार्यान्वयनमा ल्याए पश्चात यस विद्यालयलाई आवश्यक शिक्षक दरबन्दी र अनुदान उपलब्ध गराउदै विद्यालय सच्ाांलनमा राज्यले पूर्ण अपनत्वको भावना जागृत ग¥यो । जिल्लाभरका विद्यार्थीहरूको तीव्र चाप र तह वृद्धिको आवश्यकता र दवाव दुवैलाई बोध गरी तत्कालीन जिल्ला विकास समितिका सभापति झक्कु प्रसाद सुवेदीको विशेष पहलमा र विद्यालयका प्रधानाध्यापक केशवराज श्रेष्ठको नेतृत्व तथा अन्य थुप्रै स्थानीय बुद्धिजीवी, शिक्षा पे्रमीहरूको सवल प्रयासले वि.स.ं २०५२ सालमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी साविकको दश जोड दुई (१०+२) कक्षा संचालन गरियो । हाल त्यसले निरन्तरता पाउदै कक्षा ११ र १२ मा विज्ञान तथा प्रविधि, मानविकी, व्यवस्थापन र शिक्षा संकायका सबै विषयहरू अध्यापन भइरहेका छन् भने खुला विद्यालय कार्यक्रम पनि वि.सं. २०६६ देखि संचालन भइरहेको छ । प्राविधिक क्षेत्र तर्फको माग र आकर्षणलाई मध्यनजर गर्दै वि.सं. २०६९ देखि ऋत्भ्ख्त् सँगको समन्वयमा १८ महिने सिविल सव ओभरसियर र तीन वर्षे डिप्लोमा तहका कक्षाहरू पनि संचानल भइरहेका छन् । हाल नर्सरीकक्षा देखि कक्षा १२ सम्म र सिविल इन्जिनियरिंङ तर्फ समेत गरी करिव २५०० जना विद्यार्थीहरु यस विद्यालय मार्फत् ज्ञान, कला र क्षमताको सुनौलो रश्मी उदाउने अभिप्रायमा तल्लीन रहेका छन् ।
२.२ भौगोलिक अवस्था
तत्कालीन समयमा भौगोगिक रुपमा अत्यन्त विकट र दुर्गम मानिएको रोल्पा स्थित यो विद्यालय, विस्तारै भौतिक पूर्वाधार, दुरसंचार, सडक यातायात, सूचना प्रविधि आदिको विकासले सुगम तुल्याएको छ । राज्यको स्थानीय तह पूनसंरचनाको व्यवस्था अनुसार १० वटा स्थानीय तहहरु रहेको रोल्पामा यो विद्यालय रहेको स्थानीय तह एक मात्र नगरपालिका हो, जसलाई रोल्पा नगरपालिका नामाकरण गरिएको छ । वर्तमान समयमा विद्यालय रहेको स्थानदेखि पश्चिमतिर लिवाङ–माडिचौर– सहिदमार्ग जोड्ने सडक रहेको छ भने उत्तरमा धाङ्सीखोला गर्पालेक, पूर्वमा लिवाङ बजार, तथा दक्षिणमा बीचबजार, काभ्रेखर्क ग्रामीण इलाका रहेका छन् । समुद्री सतहदेखि करिव १२४५ मिटर उचाइमा रहेको यो विद्यालयको शिरमा करिव २०३२ मिटर उचाइमा सातदोबाटो रमणीय स्थान रहेको छ । जसलाई लिवाङको प्रमुख प्रवेशद्वारको रुपमा लिइन्छ । यो विद्यालय २८०१८’ २६.७६” उत्तरी अक्षांश र ८२०३७’ ५७.७२” पूर्वी देशान्तरमा अवस्थित छ ।
यस विद्यालयको भौगोलिक क्षेत्र अध्ययन गर्दा यस ठाउँको नाम कसरी रह्यो भन्ने प्रश्न उठ्नु स्वभाविकै देखिन्छ, किनभने जुनसुकै व्यक्ति संस्था समुदाय वा राज्यको उत्पति हुनका अगाडि त्यसका ऐतिहासिक कारण हुने गर्दछन् । यो विद्यालय अवस्थित लिवाङ शब्द मगरखाम भाषाबाट उत्पति भएको हो । खामभाषामा लि को अर्थ बाँस (एकप्रकारको विरुवा) र वाङको अर्थ चौर (खुलाक्षेत्र वा मैदान) हुने हुदा लिवाङ शब्दले रोल्पामा भएको ऐतिहासिक मगर वस्ती मगर समुदायको बाहुल्य क्षेत्रको भेषभुषा र संस्कृतिको प्रभावबाट यो विद्यालय अवस्थित ठाउँको नाम जन्मन पुगेको भन्दा गलत अर्थ लाग्दैन ।
लिवाङको थलिवाङ टोलमा अवस्थित यस विद्यालयको भोग चलन वा स्वामित्वमा करिव १७.८०९ रोपनीको (८९०४.५ वर्गमिटर) अवादीयोग्य जग्गा रहेको र जसमा हाल विद्यालय संचालनमा रहेको छ भने यो ठाउँ भन्दा पछाडि करिव ९५.८ रोपनी (४७,९०० वर्गमिटर क्षेत्रफलमा फैलिएको खरकट्टी वा चाहार भिरालो जग्गा रहेको छ, जसमा नर्सरी वा बोटविरुवा र घाँस उत्पादन वाहेक विद्यालयले अन्य प्रयोजनको लागि उपभोग गर्न नमिल्ने प्रकारको भूबनोट रहेको पाइन्छ । यसरी हेर्दा हाल विद्यालयको स्वामित्वमा करिव ११३ रोपनी जमिन रहेको छ । जसमध्ये हाल सम्म विद्यालयमा निर्माण सम्पन्न भइ उपयोगमा आएका भवनहरूले करिव ९१०.३४ वर्गामिटर क्षेत्रफल ओटेका छन् भने बाँकी क्षेत्र खुला मैदान रहेको छ । पहाडी भूबनोट तथा सामान्य भिरालो जमिनमा सम्म परेका उच्च समस्थली मैदान रहेको र २०५२ देखि देशमा फैलिएको द्वन्द्वका कारण केही राज्य र गैर राज्य पक्षबाट भएका केही सामान्य प्रकृतिका घटना बाहेक यस विद्यालय क्षेत्र वरपर त्यस्तो खास उल्लेखनीय प्रकतिका प्राकृतिक प्रकोप, प्राकृतिक विपदका घटनाहरू घटेको पाइदैन । भूकम्प बाहेक बाढी पहिरो भूक्षय जस्ता विपदहरूको सम्भावनाहरूबाट यो विद्यालय टाढा रहेको छ ।
२.३ विद्यालय रहेको समुदायको बनोट तथा विद्यालय सेवा क्षेत्र
रोल्पा विभिन्न जनजाति, धर्म सम्प्रदाय आदिको मिश्रित बसोबास रहेको जिल्ला भएपनि रोल्पाको उत्तरी, पूर्वी तथा मध्य क्षेत्रमा मगर समुदाय बहुसंख्यक रहेको र जिल्लाका विभिन्न ठाउँहरूबाट बसाइसराइ गरी वा रोजगारीका शिलसिलामा सदरमुकाममा आउने मानिसहरूको संख्या अधिक रहेकोले मिश्रित बसोवास रहेको लिवाङमा पनि अधिक संख्यामा मगर समुदायको बसोवास रहेको पाइन्छ । मगरका अतिरिक्त स्थानीय रुपमा ब्राह्मण क्षेत्री, नेवार, गुरुङ आदि जनजातिका मानिसहरू विद्यालयका सेवा क्षेत्रभित्र रहन्छन् । रोल्पा नगरपालिको एक अभिलेख अनुसार यो नगरभित्र करिव ४१ प्रतिशत मगर, ४२ प्रतिशत ब्राह्मण क्षेत्री, ८ प्रतिशत गुरुङ र ९ प्रतिशत अन्य जनजातिहरूको मिश्रित बसोवास रहेको पाइन्छ । बढ्दो सहरीकरणले जिल्ला सदरमुकामलाई पनि छोएको हुँदा लिबाङमा बसाइसराइ गरेर अन्य ठाउँबाट आउने मानिसहरूको संख्या धेरै रहेको कारणले पनि यहाँको जनसंख्या बढ्दो क्रममा छ । जसको असर स्वरुप वर्षेनी यस विद्यालयमा विद्यार्थीहरूको चाप बढ्दै जादा विद्यालयको पूर्वाधार जनशाक्ति र क्षमताले धान्न र सेवा प्रदान गर्न निकै कठिनाई भइरहेको छ ।
धार्मिक सवालमा अध्ययन गर्दा यस विद्यालयको सेवा क्षेत्रभित्र बसोवास गर्ने अधिकाँंश मानिसहरू करिव ८५.१४ प्रतिशत हिन्दु धर्मालम्बी रहेकोमा हाल इसाइ धर्मको प्रभाव बढ्दो क्रममा रहेको पाइन्छ । बाह्य समुदायसंग सम्पर्क, वैदेशिक रोजगारी तर्फको आकर्षणका कारण यहाँका स्थानीय मानिसहरूमा बाह्य प्रभाव पर्ने जसको असर धर्म परिवर्तनमा परेको देखिन्छ । केही बौद्ध धर्मालम्बी रहेको यो समुदायमा धार्मिक सहिष्णुता निकै उन्नत र मजबुद रहेको पाइन्छ । संवैधानिक रुपले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भइ कार्यान्वयन भइसकेकोले सबै धर्मालम्बीहरूमा सामाजिक सद्भाव प्रशंसनीय रहेको छ ।
यहाँ बसोबास गर्ने मगर समुदायका मानिसहरूले आफ्नो मातृभाषाको रुपमा रहेको खाम भाषामा बोलचाली गर्ने भएपनि अरु सबै मानिसहरू नेपाली भाषा नै प्रयोग गर्छन् । यद्यपि मगर खाम भाषा बोल्ने मानिसहरू पनि नेपाली भाषामा पोख्त भएको कारण सबै समुदाय–समुदायबीच बोलीचाली सम्पर्क माध्यमको भाषा नेपाली नै रहेको छ ।
आर्थिक रुपमा यहाँका मानिसहरू औसत अवस्थामै रहेको पाइन्छ । स्थानीय उत्पादन र सेवा क्षेत्रले आम जनसमुदायको जीविकोपार्जन गर्न कठिन भएकोले वैदेशिक रोजगारीको शिलशिलामा छिमेकी मुलुक भारत तथा तेस्रो र खाडी मुलुकमा जाने संख्या निकै ठूलो छ । वैदेशिक रोजगारीले दिएको अवसरले यहाँका मानिसहरूको आर्थिक हैसियत धाने तापनि विदेशबाट भित्रिएको आर्थिक स्रोत साधनहरू उत्पादनशिल कार्यमा परिचालन हुन नसकि मानिसहरूले सामान्य आफ्नो दैनिकी जोहो गर्नमै सीमित भएकोले स्वदेश फिर्ता भएपछि ती मानिसहरूले के गर्ने भन्ने अन्यौल कायमै छ । यो समस्या सिंगो राज्यभर नै व्याप्त समस्या हो, जोबाट यो ठाउँ पनि मुक्त छैन । पुरुष र महिलाको लैङ्गिक अनुपातमा महिलाको संख्या बढी नै छ । पुरुषहरू रोजगारी र कामको सिलसिलामा कोही देश बाहिर त कोही देशभित्रै विभिन्न ठाउँमा जाने हुँदा गाउँ र नगरमा प्रायः महिलाको भीडभाड पुरुषको तुलनामा उच्च देखिन्छ ।
यस विद्यालयमा प्राथमिक वा आधारभूत तहमा अध्यापनको लागि स्थानीय ठाउँहरू पिपलचौतारा, थलिबाङ, काभ्रेखर्क, लिबाङबजार, आदिबाट स्थानीय बालबालिकाहरू आउने गर्छन् भने माध्यमिक तहमा चाहि यसै नगरपालिका क्षेत्रहरू सल्लीबोट, देउराली, हरिगातिना, रेउघा, सिमलबाङ, ह्वामा, धबाङ, गुरुङगाउँ अधिक स्थानबाट विद्यार्थीहरू आउने गर्छन्, यद्यपि जिल्लाको सदरमुकाम केन्द्रमा यो विद्यालय रहेको हुँदा सम्पूर्ण रोल्पा जिल्लाका ग्रामीण क्षेत्रका विद्यार्थीहरू भर्ना हुने दर निरन्तर बढ्दोक्रममा छ । विद्यालयले भौतिक सुधार तथा शैक्षिक सुधार क्रमशः विस्तार गर्दै गरेको कारण यहाँ अवस्थित ३ वटा निजी बोर्डिङ स्कुलबाट पनि विद्यार्थी स्थानान्तरण भै आउने क्रम उच्च रहेको छ ।